राजनीति


स्ववियु चुनाव : त्रिविका २ क्याम्पसमा निर्विरोध, यी १० क्याम्पसमा हुन सकेन उम्मेदवारी मनोनयन

स्ववियु  चुनाव : त्रिविका २ क्याम्पसमा निर्विरोध, यी १० क्याम्पसमा हुन सकेन उम्मेदवारी मनोनयन

नेपालखबर
फागुन २७, २०८१ मंगलबार २१:५८, काठमाडौँ

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुन लागेका त्रिभुवन विश्वविद्यालयका ६२ मध्य ५० आंगिक क्याम्पसमा विद्यार्थी संगठनको उम्मेदवारी दर्ता भएको छ।

बाँकी १० वटामा मनोनयन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

काठमाडौँका ५, मधेसका २, लुम्बिनीका २  र कोशीको एक गरी १० क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको उनले बताए।

‘धनकुटा बहुमुखी र दाङ बहुमुखी क्याम्पसमा निर्विरोध भयो’ अधिकारीले नेपालखबरसँग भने, ‘बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पसमा प्रक्रिया अवरुद्ध छ। यस्तै, जनकपुर र सिरहाको एउटा क्याम्पसमा समस्या छ। स्नातकोत्तर क्याम्पस विराटनगरमा केही संगठनले तालाबन्दी गरेका छन्। भ्यालिमा पद्मकन्या पनि तनाव भएर अहिले नामावलीसम्म प्रकाशित गर्ने काम भयो। यसैगरी नेपाल ल, पव्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषामा पनि अवरुद्ध भएको छ।’

त्रिविका आंगिक ६२ सहित सामुदायिक र निजी एक हजार ४० क्याम्पसमा स्ववियु चुनाव हुने तय भएको थियो। त्यसका लागि मंगलबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।

ढिलासम्म गरेर त्रिविका ५० क्याम्पसमा मात्र उम्मेदवारी दर्ता भएको उनले बताए।

स्ववियु चुनावका लागि देशभरमा आंगिक, सामुदायिक र निजी क्याम्पसमा विभिन्न २२ संगठन दर्ता भएका थिए।

चैत्र ५ मा देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक प्रणालीका अधारमा स्ववियु निर्वाचन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad