राजनीति


दुई सातामै अवकास हुने जनक भट्टराई एआईजीमा बढुवा

दुई सातामै अवकास हुने जनक भट्टराई एआईजीमा बढुवा

नेपालखबर
फागुन २१, २०८१ बुधबार २२:३२, काठमाडौँ

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको हो।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन्। उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेछन्।

उनलाई एआईजीमा बढुवा गर्नकै लागि अर्का एआईजी रवीन्द्र केसीलाई राजीनामा गराएर कोटा खाली गराइएको थियो।

भट्टराईले एआईजीका रूपमा दुई साता मात्रै काम गर्न पाउनेछन्। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकास हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad