नेकपा एमालेको जनसंगठन राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्चको महाधिवेशन बुधबारदेखि हुँदैछ।
नयाँ नेतृत्व चयन हुने सो सम्मेलनको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने इन्चार्ज विष्णु रिजालले जानकारी दिए।
एमालेका २३ जनसंगठन छन्। तर, राष्ट्रिय सम्मेलन गर्ने पहिलो जनसंगठन मानव अधिकार एलाइन्स हुने भएको छ। सम्मेलनमा ४०० प्रतिनिधि सहभागी हुने रिजालले बताए। सम्मेलन राष्ट्रिय सभागृहमा हुने रिजालको भनाइ छ।
90
Shares

प्रतिक्रिया