राजनीति


झलनाथको टिप्पणी : कांग्रेसले ८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छ

झलनाथको टिप्पणी : कांग्रेसले ८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छ

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १७:५८, काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता खनालले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको दाबी गरे। उनले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए।

यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने खनालले टिप्पणी गरे। उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु आवश्यक रहेको बताए।

देशका सबै वामपन्थी एक हुनुपर्ने खनालको भनाई थियो।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब ०८४ आउँदैछ। ०८४ को लागि कांग्रेसले राम्रो तयारी गरेको देख्छु मैले। राम्रो तयारीमा छ। ०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु। वामपन्थीले कल्पना नगरे पनि हुन्छ। म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ। एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन। त्यो दुर्घटनामा पर्छ।’

उनले थपे, ‘यदी अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ।’

पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताए। उनले नेकपा माओवादी केन्द्रले दक्षिणपन्थी बाटो अंगालेको बताए।
नेकपा एकीकृत समाजवादीले पनि बाटो बिराएको उनको भनाई थियो। कांग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको उनको आरोप छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad