राजनीति


अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद किरणबाबु श्रेष्ठ

अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद किरणबाबु श्रेष्ठ

नेपालखबर
माघ २८, २०८१ सोमबार १४:४४, काठमाडौँ

राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।  

आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको बताए। 

‘अध्यादेशको विषयमा अहिले संसद बाहिर र र भित्र सबैतिर चर्चाको विषय छ। सदन चल्नुभन्दा केही अगाडि ६ वटा अध्यादेश सरकारले ल्याएको छ,' उनले भने, 'यी ६ वटा अध्यादेशमा जुन ढंगबाट चर्चा, परिचर्चा भएको छ। यसलाई हेर्दा के अध्यादेश ल्याउनु ठूलै गल्ती हो?'

उनले संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर अध्यादेश नल्याइएको दाबी गरे।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad