राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउन आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुुराकानी गर्दै उाले यस्तो बताएका हुन्। उनले संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा लागेका आरोप लगाए।
उनले अध्यादेश ल्याउनै पर्ने गरी राष्ट्रमा के सकंट परेको थियो भन्दै प्रश्न पनि गरे।
‘संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ। संसद् नबोलाउने अध्यादेशबाट देश चलाउन खोज्ने? यो उल्टो बाटो भएन?,' उनले प्रश्न गर्दै भने, 'अध्यादेश ल्याउनुपर्ने कारण नेपाली जनतालाई बताउनु पर्यो नि। राष्ट्रको अगाडि के संकट थियो? बाढी आएको थियो कि भूकम्प आएको थियो कि विदेशीले आक्रमण गरेको थियो?'
सत्तारुढ दलका चरित्रले, अहिलेको नीतिले देशको अर्थतन्त्र सुध्रिन नसक्ने उनको भनाइ थियो।
'संसद् बस्नै नसक्ने अवस्थामा पो अध्यादेश ल्याउने हो। राजनीतिक पार्टीहरुको यो चरित्रले, यो व्यवहारले र यो नीतिले देशको अर्थतन्त्र सुध्रिन्छ?’उनले सोधे।
प्रमुख राजनीतिक दलका नेताहरुकै कारण मुलुकको विकास हुन नसकेको उनको आरोप छ
Shares

प्रतिक्रिया