ad ad

राजनीति


कम्युनिस्ट आन्दोलनभन्दा बाहिर बाबुरामको वौद्धिकताले काम गर्दैनः प्रचण्ड


नेपालखबर
असार २० ,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहकर्मी बाबुराम भट्टराईको वौद्धिकतामाथि टिप्पणी गरेका छन्।

शुक्रबार डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल, पूर्वमन्त्री कल्पना धमलासहितका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले डा. बाबुराम भट्टराईको वौद्धिकताले कम्युनिस्ट पार्टीमा मात्रै काम गर्ने बताए। ‘बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणाम  दिएको देखिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनसँग जोडिएर मात्र त्यसको महत्व हुने हो।’

उनले भट्टराईको वौद्धिकताको महत्व र भूमिका कम्युनिस्ट पार्टीमा भएको भन्दै उनलाई नेकपामा फर्कन आग्रह गरेका छन्।

उनले सवैलाई एकतामा आउन आग्रह गर्दै पुराना नेतालाई कसरी सम्झाउने भन्ने चिन्ता रहेको बताए। ‘मोहनविक्रम सिंह, मोहन वैद्यलयायतका नेताहरुप्रति हाम्रो श्रद्धा र सम्मान छ। एकता प्रक्रियाका लागि उहाँहरुलाई कसरी सम्झाउने भन्ने लागिरहेको छ।’ उनले नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेप्रति पनि आफ्नो सम्मान रहेको भन्दै उहाँलाई पनि एकता प्रक्रियामा सहभागी बनाउनु पर्ने बताए।

त्यस्तै अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवले लिएको हिंसात्मक बाटो गलत भएको बताए। कम्युनिस्टहरुको बहुमतको सरकार रहेका बेला यसलाई सहयोग गर्नुपर्ने ठाउँमा उनले हिंसात्मक बाटो रोजेर गलत गरेको अध्यक्ष प्रचण्डको भनाई थियो।

उनले तत्कालीन माओवादी र एमालेबीच भएको एकताको प्रक्रिया सुरु हुँदाको समयदेखि नै एकता भाँड्ने तत्व सक्रिय रहेको बताउँदै त्यस्ता तत्वहरुदेखि सतर्क रहन आग्रह गरे।

सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढेको र जनअपेक्षा अनुसार नै काम गरिरहेको बताउँदै उनले सरकारलाई बदनाम बनाउन गलत प्रचार गरिएको बताए।

नेकपा प्रवेश गरेको समाजवादी पार्टीका नेता देवेन्द्र पराजुलीले विकास र समृद्धिको यात्रामा साथ दिन आफूहरु नेकपामा समाहित भएको प्रतिक्रिया दिए। उनले पार्टीले दिने भूमिका स्वीकार गर्दै अगाडि बढ्ने प्रस्ट पारे।

उनले आफूहरुलाई कुनै नयाँ पार्टीमा प्रवेश गरेको नभई पुरानै ठाँउमा फर्किएको अनुभव भइरहेको बताए।

 

असार २०, २०७६ शुक्रबार ६:४४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .