राजनीति


माओवादी अध्यक्ष प्रचण्ड चितवनमा

माओवादी अध्यक्ष प्रचण्ड चितवनमा

आफ्ना बुवासमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई चितवनमा स्वागत गर्दै भरतपुरकी मेयर रेनु दाहाल।


नेपालखबर
माघ १९, २०८१ शनिबार ११:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चितवन पुगेका छन्। 

काठमाडौँबाट आज बिहान चितवन पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई भरतरपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्वागत गरेकी थिइन्। रेनु प्रचण्डकी छोरी हुन्। 

माओवादी केन्द्रका अनुसार अध्यक्ष प्रचण्ड त्यहाँ पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। 

साथै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७औँ स्थापना दिवस तथा वार्षिक साधारण सभामा पनि उनी सहभागी हुने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad