राजनीति


माओवादी बैठक आजै सक्ने तयारी, प्रचण्डको प्रस्तावमाथि २ बजेसम्म बोल्न पाइने

माओवादी बैठक आजै सक्ने तयारी, प्रचण्डको प्रस्तावमाथि २ बजेसम्म बोल्न पाइने

नेपालखबर
पुस २३, २०८१ मंगलबार १२:७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ।

बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए। 

बैठक आजै सकाउने माओवादीको तयारी छ। माओवादीका पूर्ण र बैकल्पिकगरी ६१४ केन्द्रीय सदस्य भए पनि छलफलका लागि १८० जनाले मात्रै नाम टिपाएकाले बैठक एक दिनअघि नै सकिने भएको हो। 

माओवादी बैठकको मिति पुस २१देखि २४ गतेसम्म राखिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad