नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल विश्वमै आईक्यूमा सबैभन्दा पछाडि रहेको र दिमागको गरिबी खतरनाक बताए। उनले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्नेमा जोड दिए।
‘हामी गरिब छौं, सबै छौं तर दिमागको गरिबी सबैभन्दा खतरनाक कुरा हो,’ भट्टराईले भने, ‘त्यसलाई सच्याउने र सुधार्ने भनेको शिक्षाबाटै हो। फेरि सबैको केन्द्रमा राजनीति नै हुन्छ।’
साधन र स्रोतको सिमितता सबैमा ठाउँमा भएपनि त्यो सिमित स्रोतमा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा भर पर्ने उनको भनाइ छ। भट्टराईले शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियमहरु बुझनका लागि सहि राजनीति नै आवश्यक पर्ने जिकिर गरे।
‘शिक्षाका लागि बजेट र प्राथमिकिकरणका कुराहरु गर्नुपर्ने हुन्छ, गर्नुपर्ने त एकैचोटी धेरै छ,’ उनले भने, ‘सत्तामा नगएका साथीहरुलाई त्यो लाग्दो हो। म त गएर पनि फर्किएको हुनाले के भन्छु भने साधन र स्रोतको सिमितता सबैमा हुन्छ। त्यो त अमेरिकालाई पनि आफ्नो बजेट पुगेको छैन। त्यो सिमित स्रोतको पहिलो प्राथमिकता केमा दिने भन्ने हो। यसलाई बुझनको लागि, विकासका नीति र नियमहरु बुझ्नको लागि सही राजनीति नै हुनुपर्छ। हिजो सही थिएन भन्दिनँ।’
Shares

प्रतिक्रिया