राजनीति


निर्णय कार्यान्वयन गर्न नसक्दा संसद प्रभावकारी हुन सकेन : अध्यक्ष दाहाल

निर्णय कार्यान्वयन गर्न नसक्दा संसद प्रभावकारी हुन सकेन : अध्यक्ष दाहाल

फाइल फोटो


नेपालखबर
मंसिर २३, २०८१ आइतबार १६:३३, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्।

आइतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भूमिका प्रभावकारी हुन नसकेको बताएका हुन्।

उनले संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरुको कारणसहति उजागर गर्न आवश्यक रहेको बताए। निर्णय गरिएका विषयहरु मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘सदको बैठक बस्दा हामीले निर्णयहरु नराम्रा हामीले गर्दैनौं। कम्तिमा पनि जनाता र देशको हित हुने ढंगले नै हामीले निर्णयहरु गरिरहेका हुन्छौं। नराम्रो निर्णय त हामी गर्दै गर्दैनौं। कति राम्रो गर्छौं त्यो आफ्नो ठाउँमा छ। अनि मिडियाको अगाडि आज हामीले यो निर्णय गर्यौं भनेर नि भन्छौं। मदेखि हामी सबैहरु आफूले गरेको निर्णय मैले आज यति निर्णय गर्नसके यति निर्णय कार्यान्वयन भएका छैनन् भनेर चाहीँ भन्न सक्दैनौं। संसद प्रभावकारी रुपमा सञ्चालन नहुनुको प्रमुख समस्या यो पनि हो जस्तो मलाई लाग्छ।’

उनले संसद चलाउने क्रममा भएका गल्तिहरु सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्तिहरु नदोहार्‍याउने प्रतिवद्धता गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताइन्।

उनले सांसदहरुसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हिसावले जनातासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानून निर्माणमा ध्यान दिन जरुरी रहेको बताइन्।

अधिकांश सांसदहरु कानून निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उनले सिद्धान्ततः कानून निर्माणमै जोड दिन आवश्यक रहेको समेत स्पष्ट पारिन्।

संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्ने भएका कारण संसद प्रभावकारी बनाउन उनीहरुको भूमिका महत्वपूर्ण रहेको घिमिरेको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad