राजनीति


प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेट

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेट

बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १४:१७, काठमाडौँ

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शिष्टाचार भेटवार्ता भएको छ।

मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको र त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

देउताइ त्यहाँको सरकारी अतिथिगृह हो, जहाँ प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पनि बसाइ रहेको छ।

भेटवार्ताका क्रममा दुवै देशका प्रतिनिधिमण्डल सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए।

मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा भेट भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad