राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले पार्टी कार्यालयमै धर्ना दिएका छन्।
शनिबार केन्द्रीय समितिको बैठक बस्नुअगाडि उनीहरुले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै कार्यलयमै धर्ना दिएका हुन्।
उनीहरुले कार्यालयभित्रै प्लेकार्डसहति प्रदर्शन गरेका छन्। उनीहरुले की संकटमा पार्टी सम्हाल, कि ठाउँ छोड, पार्टी एकता, देशको आवश्यकता हो, रविका नामबाट नेता र सांसद बन्नेहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो, रविले नाम दिए, रविलाई पर्दा साथ नदिने, आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, समयले परिवर्तन खोजेको छ, आन्दोलनको विकल्प छैन जस्ता नारा प्लेकार्डमा लेखेका छन्।
त्यस्तै उनीहरुले, आफ्नै नेतालाई नो नट अगेन भन्ने दिन नआओस्, निर्णायक आन्दोलनको विकल्प छैन, रविको न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेलमा नकोचेसम्म आन्दोलन जारी रहन्छ, देशले २२ दिनदेखि एउटा आँटिलो र गतिलो नेता खोजिरहेको छ, भन्ने नारा पनि प्लेकार्डमा लेखेका छन्।
Shares

प्रतिक्रिया