राजनीति


भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : मन्त्री यादव

भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : मन्त्री यादव

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार २१:१३, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रुपमा समाधानका लागि मन्त्रालय भूमिगत पानीलाई व्यवस्थापन गर्न लागिपरेको बताए।

‘गत असोज ११ गतेदेखि देशभर भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। चुरे दोहन र जलवायु परिर्वतनका कारण तराईका जिल्लामा चापाकल सुक्दै गएका छन्। पानीको समस्या समाधनका लागि हामी अगाडि बढिरहेका छौँ,’ उनले भने।

यसैगरी मन्त्री यादवले ‘एक घर, एक नल’ को परियोजनाअन्तर्गत काम गर्नेगरी तयारी गर्दै गरेको पनि जानकारी दिए। 
‘बाढी हिरोले खानेपानीका क्षेत्रमा पनि करिब छ अर्ब बराबरको क्षति भएको छ। तर बाढीले क्षति पु¥याएका आयोजना मर्मत वा पुनःनिर्माण गर्ने बजेट मन्त्रालयसँग छैन,’ मन्त्री यादवले भने।

बाढीले क्षति गरेका खानेपानीका क्षेत्रमा अन्य शीर्षकको बजेट रकमान्तर गरेर भए पनि मन्त्रालयले क्षतिपूर्ति वा पुनःनिर्माण गर्ने मन्त्री यादवले बताए। 

‘बाढीले करिब छ अर्ब बढीको क्षति भएको छ। खानेपानी विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र विभिन्न आयोजनाअन्तर्गतका खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ। क्षतिको आँकलन गरेर विपद् व्यवस्थापनमा पठाएका छौँ। प्रधानमन्त्रीलाई जानकारी दिएका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad