ad ad

राजनीति


राष्ट्रिय सभाका दुई समितिमा दाहाल र शर्मा सभापति निर्वाचित

राष्ट्रिय सभाका दुई समितिमा दाहाल र शर्मा सभापति निर्वाचित

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १३:४९, काठमाडौँ

राष्ट्रिय सभाअन्तर्गत दुई समितिमा नयाँ सभापति चयन भएका छन्।

विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा कुमारी दाहाल निर्वाचित भएकी छन्। यस समितिको सभापतिका लागि जयन्ती देवी राई र तुलसा कुमारी दाहालको उम्मेदवारी परेको थियो।

राई एकीकृत समाजवादी र दाहाल एमालेबाट राष्ट्रिय सभा सदस्य हुन्। 

सभापतिका लागि दुईजनाको उमेद्वारी परेपछि निर्वाचनबाट सभापतिको टुंगो लगाइएको हो। आज भएको निर्वाचनमा दाहालले ८ मत प्राप्त गरिन् भने राईले ७ मत पाइन्।  

यसअघि समिति सभापति रहेकी राई एक मत कम प्राप्त गर्दा पराजित भइन्।

विधायन व्यवस्थापन समितिमा रहेका १५ सांसदमध्ये माओवादीका ५, नेपाली कांग्रेसका ४, एमालेका ३, एकीकृत समाजवादीका २ र जसपा नेपालका १ छन् ।  

यसैगरी राष्ट्रिय सभाकै सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन्।

शर्मा निर्विरोध निर्वाचित भएका हुन् । उनी माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य हुन् । 

दुवै समितिका सभापतिहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आजै शपथ गराएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .