फर्नान्डेजले आगामी दश दिनभित्र गर्भपतनको पक्षमा कानून बनाउने गरी कँग्रेसमा विधेयक प्रस्तुत गर्ने बताएका छन्।
गत डिसेम्बरमा उनी राष्ट्रपति बनेका थिए। उनले गर्भपतनलाई ‘सार्वजनिक स्वास्थ्यको विषय’ भएको बताउँदै आएका छन्।
अर्जेन्टिनामा बलात्कारको घटना र आमाको ज्यान जोखिममा भएको अवस्थामा मात्र गर्भपतन गराउन पाउने कानून छ।
यसअघि गर्भपतनलाई कानूनी बनाउने विषय अर्जेन्टिनाको कंँग्रेसले बहुमतले अस्वीकार गर्दै आएको थियो। एजेन्सी

प्रतिक्रिया