ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

नेपालखबर
जेठ २८, २०८१ सोमबार १४:८, काठमाडौँ

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग आज भेटवार्ता गरेका हुन्। 

त्यस अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। 

त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए। शपथग्रहणपछि उनीहरुबीच भेटवार्ता भएको थियो। 

सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा मोदीलाई बधाई दिए।

औपचारिक भ्रमणका क्रममा आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी गएका थिए।  प्रधानमन्त्री दाहाल आजै स्वदेश फर्कने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .