राजनीति


राष्ट्रपति र प्रचण्डबीच बाँस्कोटा कमिसन प्रकरणबारे छलफल

राष्ट्रपति र प्रचण्डबीच बाँस्कोटा कमिसन प्रकरणबारे छलफल

नेपालखबर
फागुन १०, २०७६ शनिबार १४:९,

राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पूर्वमन्त्री गोकुल बाँस्कोटा जोडिएको कमिसन प्रकरणबारे छलफल भएको छ।

बालुवाटारमा नेकपा सचिवालयको बैठक सकेर अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति निवास शीतल निवास पुगेका हुन्।

सचिवालय बैठकमा अमेरिकी एमसीसी परियोजना सँगै बाँस्कोटा प्रकरणबारे छलफल भएको छ।

सेक्युरिटी प्रेस खरिद सम्बन्धमा कमिसनबारे कुराकानी गरेको अडियो बिहीबार सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad