राजनीति


एमसीसी अध्ययन कार्यदलले ओली–प्रचण्डलाई बुझायो प्रतिवेदन

एमसीसी अध्ययन कार्यदलले ओली–प्रचण्डलाई बुझायो प्रतिवेदन

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १३:२९,

अमेरिकासँग भएको आर्थिक सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी)को बारेमा अध्ययन गर्न सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका तर्फबाट अध्यक्ष झलनाथ खनालले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्रतिवेदन बुझाएका हुन्।

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नेकपाभित्र विवाद उत्पन्न भएपछि त्यस विषयमा अध्ययन गर्न खनालको अध्यक्षतामा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। नेकपाको माघ १५–१९ सम्म राजधानीमा बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले एमसीसीबारे अध्ययन गर्न सो कार्यदल गठन गरेको हो।

कार्यदलमा स्थायी कमिटीका सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेका थिए। प्रतिवेदन बुझाउने समयमा सदस्यद्वय पनि उपस्थित थिए।

कार्यदलले प्रतिवेदन बुझाइए पनि के सुझाव दियो भन्ने विषयलाई सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad