ad ad

राजनीति


पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी (तस्बिर)

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी (तस्बिर)

नेपालखबर
फागुन १५, २०८० मंगलबार ९:५३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ।

बैठक बिहान साढे ८ बजेदेखि पार्टी कार्यालयमा बसिरहेको हो।

यसअघि आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो। आइतबार दिउँसो पनि बस्दै नबसी स्थगित भएको बैठक आज बिहान बस्न लागेको हो। 

आजको बैठकमा अध्यक्ष प्रचण्डले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ। 

बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने नेता गणेश साहले जानकारी दिए।

आजको बैठकमा माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेसका जिल्लामा गर्ने भनेको संगठन सुदृढीकरण अभियान, उत्तर–दक्षिण अभियानसहितका विषयमा पनि छलफल हुने बताइएको छ। 

जारी बैठकका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .