कोसी प्रदेशमा नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार रुक्मिणी कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका छन्।
विराटनगरमा भइरहेको मतगणनाअनुसार प्रदेश सांसदहरूतर्फ सत्ता गठबन्धनका तीनजनाको मत कोइरालालाई परेको हो। मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ।
कोसीमा एमाले र राप्रपाले गठबन्धन गरेका छन्। कोसी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद छन्। कोइरालाले एमाले-राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानेकी हुन्।
कोइरालाको पक्षमा ४९ जनाको मत खसेको छ। सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाएकी छन्। कोसीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन्।
339
Shares
प्रतिक्रिया