ad ad

राजनीति


महिलाले घरमा बच्चा जन्माइन्, पति १४ महिनादेखि विदेशमा

महिलाले घरमा बच्चा जन्माइन्, पति १४ महिनादेखि विदेशमा

नेपालखबर
माघ ७, २०८० आइतबार १३:६, काठमाडौँ

मकवानुपरको गढी गाउँपालिका-१ पिङडाँडा निवासी एकजना महिलाले शनिबार घरमै छोरी जन्माएर हिँडेकी छन्।

घरमा छोरीलाई जन्म दिएकी उनी निस्केर हिँडेकी थिइन्। पति १४ महिनादेखि मलेसियामा रोजगारी गरिरहेका बेला बच्चा जन्मिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। 

करिब ४२ वर्षीया गुण केशरी (परिवर्तित नाम) ले आफ्नै घरमा छोरी जन्माएर बेवारिसे छाडेको खबर आएपछि इलाका प्रहरी कार्यालय मकवानपुरगढीको टोलीले उनको खोजी थालेको थियो। 

प्रहरी टोलीले स्थानीय जनजनप्रतिनिधिको सहयोगमा ती महिलालाई खोजतलास गरेर नवजात शिशुसहित जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको छ। 

बागमती प्रदेश प्रहरी कार्यालयले हैटौंडाका अनुसार उनले अवैध सम्बन्धबाट बच्च जन्माएको आशंकामा अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .