ad ad

राजनीति


मुलुक कांग्रेसकै नीतिअनुसार चलेको छ: उपसभापति खड्का

मुलुक कांग्रेसकै नीतिअनुसार चलेको छ: उपसभापति खड्का

नेपालखबर
माघ ६, २०८० शनिबार १७:१३, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको दाबी गरेका छन्। 

आज नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व गरेको र सोहीअनुसार काम भइरहेको दाबी गरेका हुन्।

उनले आगामी  महासमिति बैठकपछि थप ठूलो आशा र भरोसा जाग्ने गरी अभियान सुरु गर्ने जानकारी पनि दिए। 

कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले पार्टीको प्रशिक्षणमा कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिका बीच खटपट हुन नदिने गरी काम गर्नुपर्नेमा जोड दिए।

जनप्रतिनिधि र पार्टी पंक्ति मिलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र  जनताका बीचमा जान थप सहज हुने उनको धारणा थिए। उनले १३औँ महाधिवेशनमा सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सोअनुसार काम नभएको गुनासोसमेत गरे।

उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको दाबी गर्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिए। संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो, सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशील भएर लाग्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगाम दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .