ad ad

राजनीति


एमालेका पूर्वकेन्द्रीय सदस्य खड्का माओवादीमा प्रवेश

एमालेका पूर्वकेन्द्रीय सदस्य खड्का माओवादीमा प्रवेश

नेपालखबर
माघ १, २०८० सोमबार १५:१९, काठमाडौँ

नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का 'उज्ववल' नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई अर्घाखाँचिमा आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन्।

राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका खड्का माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका छन्। उनले यसअघि एमाले अर्घाखाँची इन्चार्जको भूमिका पनि निर्वाह गरिसकेका थिए।

प्रचण्डले पार्टीको प्रशिक्षणलाई करिब ४० मिनेट मात्रै समय दिए। खड्का माओवादी पृष्ठभूमिकै नेता हुन्।

उनी नक्कली शरणार्थी प्रकरणमा अभियोग लागेर एमालेबाट निलम्बित नेता सचिव टोपबहादुर रायमाझीसँगै थिए। 

नेकपाकालमा माओवादीमा नगएर एमालेमै बसेका उनी पछिल्लो समय निष्क्रिय थिए।

एमाले सचिव रायमाझी जेल परेसँगै उचित जिम्मेवारी नपाएको भन्दै निष्कृय उनी फेरि माओवादीतिरै फर्किएका हुन्। सचिव रायमाझी जेलमा गएपछि खड्का पनि एमालेमा सक्रिय थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .