ad ad

राजनीति


यस्तो देखियो पृथ्वीजयन्तीमा राप्रपाको चियापान (तस्बिरहरू)

यस्तो देखियो पृथ्वीजयन्तीमा राप्रपाको चियापान (तस्बिरहरू)

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २७, २०८० शुक्रबार १६:५३, काठमाडौँ

पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ।

भृकुटीमण्डपमा आयोजित उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सहभागी भएका छन्। 
 
चियापानमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका नेता‍-कार्यकर्ता, पूर्वप्रशासक, सुरक्षाकर्मी सहभागी भए।
 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गरे।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको तस्वीरमा पुष्पहार चढाए।

राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .