नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभाको १९ सिटको बाँडफाँड टुंगिएको दाबी गरेका छन्।
आज बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले सिट बाँडफाँड टुंग्याएको दाबी उनको छ।
रिक्त हुने १९ सिटमध्ये १० वटामा मा काँग्रेस, ६ मा माओवादी केन्द्र, २ वटामा एकीकृत समाजवादी र एउटामा जसपाले उम्मेदवारी दिनेगरी टुंगो लागेको लेखकले बताए।
‘राष्ट्रिय सभामा गठबन्धनका दलले संयुक्त रुपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो। जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली काँग्रेस, ६ वटामा माओवादी केन्द्र, २ वटामा एकीकृत समाजावादी र एउटा सिटमा जसपाले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ। अब आफ्नो आफ्नो पार्टीमा बसेर छलफल गर्छौँ।’
उनले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको बताए। ‘एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ,’ उनले भने।
(भिडिओ)
Shares
प्रतिक्रिया