भारतस्थित अहमदाबादको मेट्रोपोलिटन कोर्टले आम आदमी पार्टीका राज्यसभा सांसद सञ्जय सिंह विरुद्ध उत्पादन वारेन्ट जारी गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शैक्षिक डिग्रीविरुद्ध गरेको टिप्पणीका आधारमा दिएको मानहानिको मुद्दामा यो आदेश दिइएको हो।
अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट एसजे पञ्चालको अदालतले मंगलबार यस्तो आदेश दिएको हो।
उनले मोदीको शैक्षिक डिग्रीबारे के टिप्पणी गरेका थिए भन्ने विषयमा बीबीसी हिन्दीले केही उल्लेख गरेको छैन।
सञ्जय सिंहका वकिलले अदालतलाई उनी दिल्लीको तिहाड जेलमा रहेकाले आफ्ना ग्राहकबाट कुनै निर्देशन प्राप्त नगरेको बताएका छन्।
सञ्जय सिंहलाई अक्टोबर ५ मा दिल्लीमा कथित रक्सी घोटालासँग सम्बन्धित लन्डरिङ मुद्दामा पक्राउ गरिएको थियो। त्यसयता उनी तिहाड जेलमा छन्।
249
Shares
प्रतिक्रिया