ad ad

राजनीति


कोशीसँग सुदूरपश्चिम ८ विकेटले पराजित

कोशीसँग सुदूरपश्चिम ८ विकेटले पराजित

नेपालखबर
पुस १२, २०८० बिहिबार १३:१८, काठमाडौँ

प्रधानमन्त्री कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ। 

सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। 

कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । काजलले ४८ बलमा आठ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन्। बिमला मलाहले ४ रन जोडिन्।
 

सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै एक सय १८ रनको योगफल बनाएको थियो । सुदुरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। 

त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन । बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .