ad ad

राजनीति


विधान संशोधनका लागि माधव नेपालले केन्द्रीय सदस्यलाई सोधे ११ प्रश्न

विधान संशोधनका लागि माधव नेपालले केन्द्रीय सदस्यलाई सोधे ११ प्रश्न

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस ११, २०८० बुधबार १६:११, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक ललितपुरमा जारी छ। 

पुस १३ गतेसम्म चल्ने बैठक बुधबार मध्यान्ह ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको हो। 

उक्त बैठकको सुरुमा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालले बैठकलाई सम्बोधन गरेका छन्।

यो बैठकमा पार्टीको विधान संशोधन प्रमुख मुद्दा रहेको छ। समाजवादीले विधान संशोधनमार्फत ७० वर्षे उमेर हदको प्रावधानलाई पनि हटाउँदैछ।

यो बैठकमा विधान संशोधनका लागि अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरूलाई विभिन्न ११ वटा प्रश्न सोधेका छन्। 

जसमा केन्द्रीय कमिटी, केन्द्रीय परिषद्सहितका कमिटीहरू सिधै निर्वाचित गर्ने वा महाधिवेशनमार्फत चयन गर्ने विकल्पसहितको प्रश्न सोधिएको छ।

अध्यक्ष नेपालले केन्द्रीय संगठनात्मक संरचनाबारे पनि नेताहरूलाई लिखित प्रश्न सोधेका छन्। 

समाजवादीमा केन्द्रदेखि तलसम्मका कमिटी जम्बो भएर चल्न नसकेको कुरा उठिरहेका बेला तिनको आकारबारे पनि नेपालले सुझाव मागेका छन्। 

समाजवादीमा पार्टीका सबै कमिटीलाई सकेसम्म छरितो बनाउनुपर्ने कुरा उठिरहेको छ। यही सन्दर्भमा अध्यक्ष नेपालले केन्द्रीय कमिटीदेखि वडासम्म जम्बोभन्दा छरितो टिम बनाउने रणनीतिसहित नेताहरूसँग सुझाव मागेका हुन्। 

अध्यक्ष नेपालले २५ देखि ४० वर्षसम्म युवाहरूको सहभागिताको निश्चित प्रतिशत सुनिश्चित गर्ने नगर्नेबारे पनि प्रश्न सोधेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .