प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच अहिले छलफल भैरहेको छ।
बुधबार बिहान नौ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी छन्।
यो नियमति बैठक भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बसेको हो,’ आचार्यले नेपालखबरसँग भने।
समाजवादी मोर्चामा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तामै रहेको जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको विप्लव नेतृत्वको नेकपा संलग्न छन्।
Shares
प्रतिक्रिया