ad ad

राजनीति


राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सव उद्घाटन गर्ने

राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सव उद्घाटन गर्ने

नेपालखबर
पुस ११, २०८० बुधबार ८:४९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन्। गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि उनी त्यहाँ जाने भएका हुन्। 

राष्ट्रपति पौडेलले महोत्सव उद्घाटनका साथै बागलुङ कालिका मन्दिरको दर्शन गर्ने तथा र शालिग्राम संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ।

पुस २१ गतेसम्म चल्ने बागलुङ महोत्सवमा १२० भन्दा बढी स्टल रहने र झन्डै सात लाख दर्शकले अवलोकन गर्ने आयोजक बागलुङ उद्योग वाणिज्य संघको  अनुमान छ।

संघका अनुसार महोत्सवमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलनलगायत गतिविधि हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .