ad ad

राजनीति


राष्ट्रिय सभाका उम्मेदवार चयन गर्न जसपाको बैठक बस्दै

राष्ट्रिय सभाका उम्मेदवार चयन गर्न जसपाको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०८० मंगलबार ८:७, काठमाडौँ

राष्ट्रिय सभाका उम्मेदवार चयन गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्दै छ। 

बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजेका लागि बोलाइएको जसपा केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ।

पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिए। आगामी फागनु २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ स्थानमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ। 
 

त्यसैगरी आगामी पुस २५ गतेदेखि काठमाण्डौमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि आजको बैठकमा छलफल हुने जसपाले जनाएको छ। 
 
जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .