ad ad

राजनीति


टीआरसीमा सहमति खोज्न कानुनविद्सहित बालुवाटारमा जुटे नेताहरू

टीआरसीमा सहमति खोज्न कानुनविद्सहित बालुवाटारमा जुटे नेताहरू

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस ९, २०८० सोमबार १७:२८, काठमाडौँ

संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन सत्तादेखि प्रतिपक्षी नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन्। 

केही दिनदेखि तीन नेताबीच छलफल भएपछि सोमबार अपरान्ह दोस्रो तहका नेताहरूसमेत राखेर छलफल थालिएको हो। सम्बन्धित दलका कानुनविद्समेतलाई राखेर छलफल गरिएको हो। 

अहिले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरू जुटेका हुन्। 

उक्त छलफलमा नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र नेता राधेश्याम अधिकारी पनि सहभागी छन्।

एमालेबाट संसदीय दलका सचेतक महेश बर्तौला र नेता अग्नि खरेल पनि बालुवाटार पुगेका छन्।

उता माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेक हितराज पाण्डे र अर्का नेता खिमलाल देवकोटा पनि छलफलमा सहभागी भएका छन्। 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

उक्त विधेयक संसदमा विचाराधीन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरूबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन।

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .