माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले आफू राष्ट्रिय सभा प्रवेशको दौडमा नरहेको बताएका छन्।
प्रत्यक्ष चुनाव हारेका माओवादीका केही नेता माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेको चर्चा चलिरहँदा पोखरेलले सामाजिक सञ्जालमार्फत् आफू त्यो दौडमा नरहेको दाबी गरेका हुन्।
कतिपय सञ्चार माध्यमले पोखरेलसमेत राष्ट्रियसभा प्रवेशको दौडमा रहेको भन्दै समाचार प्रकाशन गरेपछि पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म यो प्रक्रिया र ‘रेस’मा नभएको कुरा सविनय जानकारी गराउन चाहन्छु।’
तीनपटक प्रत्यक्ष निर्वाचित सांसद र चारपटक मन्त्री बनिसकेका पोखरेल ४ मंसिर ०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी १ मा पराजित बनेका थिए।
आगामी माघ २० गतेबाट राष्ट्रिय सभाका १९ सिट खाली हुँदैछ। खाली हुने १९ सिटमा सत्ता गठबन्धले भागबण्डा गर्ने तयारी गरेका छन्।
विषेशगरी सत्ता गठबन्धनमा आवद्ध दलले एमालेबाट खाली हुन लागेका ८ सिटमा भागबण्डा गर्दैछन्।
Shares
प्रतिक्रिया