ad ad

राजनीति


राप्रपा नेपालले जलायो मन्त्री किराँतीको पुत्ला

राप्रपा नेपालले जलायो मन्त्री किराँतीको पुत्ला

नेपालखबर
पुस ८, २०८० आइतबार १७:२७, काठमाडौँ

राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातिको पुत्ला दहन गरेको छ।  

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरूको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन्।

भक्तपुरको मध्यपुर ठिमिमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता विष्णु भट्टराईले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरे।

कार्यक्रम अघिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले आन्दोलनको वातावरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे।

थापाले बृहत मोर्चाको आवश्यकता औँल्याउँदै राष्ट्रवादी देशभक्त र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा आएर संघीय गणतान्त्रिक भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएकोमा जोड दिए।

सो पार्टीले आगामी पौष १६ गते भक्तपुरमा विरोध सभा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .