ad ad

राजनीति


अरु नेता प्रवास गए, किसुनजी नेपाली माटोबाटै पञ्चायतविरुद्ध लड्नुभयो : खड्का

अरु नेता प्रवास गए, किसुनजी नेपाली माटोबाटै पञ्चायतविरुद्ध लड्नुभयो : खड्का

फाइल फोटो


नेपालखबर
पुस ८, २०८० आइतबार १६:१९, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

आइतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पञ्चायतको विरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गरेको भन्दै नेता भट्टराईको संघर्ष विशेष रहेको बताए।

उनले बिपी कोइराला लगायतका नेताहरु पञ्चायतविरुद्धको आन्दोलनका लागि प्रवासमा गएपनि भट्टराईले स्वदेशमै रहेर आन्दोलन गर्नु विशेष रहेको बताए।

उनले भने, ‘नेता श्रद्धेय किसुनजी जसले पञ्चायतको विरुद्धको आन्दोलनलाई पनि, लोकतन्त्रको पुनःस्थापनाका लागि पनि नेपाली माटोमै बसेर जननायक बिपी कोइराला लगायतका नेताहरु प्रवासमा जानुभयो, त्यहाँबाट पनि संघर्ष गर्नुभयो त्यो एउटा पाटो पनि किसुनजीको विशेष छ।’

उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .