ad ad

राजनीति


संकल्प यात्रामा भएको खर्च जनता र कार्यकर्ताबाटै : एमाले

संकल्प यात्रामा भएको खर्च जनता र कार्यकर्ताबाटै : एमाले

फाइल फोटो


नेपालखबर
पुस ८, २०८० आइतबार १५:११, काठमाडौँ

नेकपा एमालेले १८ दिनसम्म गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का क्रममा भएको खर्च जनता र कार्यकर्ताबाटै भएको बताएको छ।

आइतबार यो अभियानको ब्रिफिङका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसबारे जानकारी दिए।

अध्यक्ष ओलीले केन्द्रीय तहबाटै मात्र यो अभियान चलाएको भए पचासौँ करोड खर्च हुने पनि बताए।

‘केन्द्रीय तहबाट यो खर्च गर्ने हो भने पचासौँ करोडभन्दा बढी खर्च हुन्छ। हामी जनता र कार्यकर्तामा भर पर्यौँ। प्रदेश र जिल्ला कमिटीले सपोर्ट गरे,’ ओलीले भने।

साथै, उनले धादिङमा आयोजित एक कार्यक्रमको उदाहरणसमेत पत्रकारहरूमाझ प्रस्तुत गरे।

‘उदाहरणका लागि धादिङको सल्लेनटारमा ३ लाख ९८ हजार ३ सय ३२ मध्ये रु १ लाख ८४ हजार ६ सय ७० बराबरको खाद्यान्न, तरकारी र फलफूल जनसहभागीताबाटै उठाइएको थियो,’ ओलीले भने।

साथै, उनले एमालेबाहेक अरु कसैले यस्तो कार्यक्रम गर्न नसक्ने पनि दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .