ad ad

राजनीति


टीआरसीबारे सहमति जुटाउने प्रयास, एमालेसँग भोलि थप छलफल

टीआरसीबारे सहमति जुटाउने प्रयास, एमालेसँग भोलि थप छलफल

नेपालखबर
पुस ८, २०८० आइतबार १४:८, काठमाडौँ

संक्रमकालीन न्यायसम्बन्धी टिआरसी विधेयक र संसद्‍को हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग छलफल गरेका छन्।

आइतबार बिहान भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगो लगाउन सबै दलबीच सहमति जुटाउन प्रयास भएको छ।

थप छलफल भोलि दिउँसो ४ बजे गर्ने समझदारी गरेका छन्।

‘टिआरसी विधेयक अघि बढाउन दलहरूबीच सहमति जुटाउन विषयमा छलफल भयो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरसँग भने, ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक पनि यही संसद्‍बाट अघि बढाउनुपर्छ भन्ने कुरा भएको छ।’

छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि थिए ।

‘सहमति गरेर सबै विधेयक अघि बढाउन उहाँहरु तयार हुनुहुन्छ,’ उनले थपे ।

संसद्‍मा बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक विचाराधीन छ।

एमालेले नमानेकै कारण विधेयकलाई अघि बढाउने सरकारी प्रयास सफल भएको छैन। त्यहीकारण एमालेलाई पनि मनाउने गरी प्रधानमन्त्रीले सोमबार थप छलफलको समय निर्धारण गरेका हुन्।

सोमबार ४ बजेको छलफलमा सहमति जुट्ने सम्भावना रहेको नेताहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .