ad ad

राजनीति


गाउँमा युवा बस्दा रहेनछन्, समृद्धि यात्रा पनि ४० प्रतिशत मात्रै देखिए : ओली

गाउँमा युवा बस्दा रहेनछन्, समृद्धि यात्रा पनि ४० प्रतिशत मात्रै देखिए : ओली

नेपालखबर
पुस ८, २०८० आइतबार १३:५३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्ने चुनौती बढेको बताएका छन्।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का क्रममा आफूले सो विषयको अनुभव देखिएको उनले बताए। 

अर्थतन्त्रको अवस्था बिग्रँदै जाँदा मुख्य चुनौती नै बसाईंसराईं र युवाहरू विदेश पलायन रहेको ओलीले बताए। 

‘सम्भावना धेरै छन्। एउटा चुनौती भनेको युवाहरू देशमा नबस्ने भएको छ,’ ओलीले भने, ‘युवापंक्ति तराईमा नबस्दा रहेछन्। हाम्रो भ्रमणका क्रममा हाम्रै समुदायमा आउँदा पनि ४० प्रतिशत युवाहरू सभामा देखिए। कमै युवा मात्रै देखिए।’

साथै, उनले लोकतन्त्रप्रति जनताको असाधारण विश्वास रहेको पाएको पनि सुनाए। 

‘लोकतन्त्रप्रति जनताको असाधारण विश्वास छ। लोकतान्त्रिक गणतन्त्रको लागि जनता जे पनि गर्न तयार छन्,’ ओलीले भने।

उनले एमालेले गरेका कामहरू स्थलगत रुपमा गएर हेर्दा देखिने बताए। 

‘नेकपा एमालेले गरेका कामहरू स्थलगत रुपमा जाँदा देखिँदो रहेछ,’ ओलीले भने।

पत्रकार सम्मेलनमा ओलीले विभिन्न पार्टी, संघ संस्था वा बौद्धिक जगत् नै आश्वस्त रहेको पाइएको ब्रिफिङ गरे। 

‘विभिन्न पार्टी, संघ संस्था वा बौद्धिक जगत हाम्रो यात्रासँग आश्वस्त र विश्वस्त रह्यो,’ ओलीले भने।

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डोत्तलन गरी सुरु भएको यो अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म चलेको थियो।

अभियान अन्तर्गत एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो। 

१८ दिनसम्म चलेको अभियानको अन्तिम आमसभा भने मंसिर ३० गते पाँचथरको फिदिममा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .