ad ad

राजनीति


टीआरसी टुंगो लगाउन तीन नेता छलफलमा

टीआरसी टुंगो लगाउन तीन नेता छलफलमा

नेपालखबर
पुस ८, २०८० आइतबार १०:४३, काठमाडौँ

संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अहिले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्। 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफल बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउने केन्द्रीत छ। 

छलफलमा कांग्रेसबाट कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्। 

सो विधेयक संसदमा विचाराधिन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरुबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन। 

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .