ad ad

राजनीति


आफूमाथि प्रहार भएको खोया देखाउँदै रविले भने– यसलाई घरमा झुन्ड्याएर राख्छु

आफूमाथि प्रहार भएको खोया देखाउँदै रविले भने– यसलाई घरमा झुन्ड्याएर राख्छु

पोखरामा आयोजित सभामा आफूमाथि प्रहार भएको खोया देखाउँदै सभापति लामिछाने।


नेपालखबर
पुस ७, २०८० शनिबार १७:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो। 

सो प्रहारपछि सभालाई सम्बोधन गर्दै लामिछानेले यो घटनाबाट प्रतिशोध नभई शिक्षा लिएको बताएका छन्। 

‘म यो मकैको घोघा (खोया)लाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु। प्रतिशोध लिएर होइन, शिक्षा लिएर। नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् हेर। यदी तैँले बाटो बिराइस भने आज त घोघा पाइस् तैँले, यदी तैंले बाटो बिराइस् भने कल्पना गर के मात्र पाउँछस् भनेर मलाई चेतावनी दिइएको हो,’ सभापति लामिछानेले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु। मैले यसलाई मेरो सपना पूरा नहुने बेलासम्म जोगाएर राख्नेछु। कुहिन दिन्नँ, झर्न दिन्नँ।’

ममाथि नयाँ प्रहार सुरु भयो : रवि लामिछाने

साथै, उनले खोया प्रहार गर्ने ती युवालाई भेट्ने वाचा समेत सम्बोधनको क्रममा गरे। 

‘म उहाँलाई भेट्न छिटै उहाँको घरमा जानेछु। उहाँको समस्या समाधान नभएको रहेछ भने म उहाँको समस्या समाधान गर्न अग्रपंक्तिमा लाग्नेछु,’ सभापति लामिछानेले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .