ad ad

राजनीति


कर्माचार्यलाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे प्रधानमन्त्री र गृहमन्त्री

कर्माचार्यलाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे प्रधानमन्त्री र गृहमन्त्री

नेपालखबर
पुस ७, २०८० शनिबार ११:३४, काठमाडौँ

नेकपाका संस्थापक स्वर्गीय नरबहादुर कर्माचार्यका भाइ लक्ष्मणबहादुर कर्माचार्यको शनिबार बिहान पशुपति आर्यघाटमा अन्तयष्टि गरिएको छ। 

कर्माचार्यको ९६ वर्षको उमेरमा गएराति ललितपुरको कुम्भेश्वरस्थित आफ्नै घरमा निधन भएको थियो। 

अन्त्यष्टिअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितले कर्माचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

कर्माचार्यको निधनप्रति नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, ललितपुरले दुःख व्यक्त गरेको छ। गृहमन्त्री श्रेष्ठ नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष छन्। 

आर्यघाटमै पुगेर प्रतिष्ठानका कार्यवाहक अध्यक्षसमेत हरका माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेल, सचिव सीता पोखरेल, स्वर्गीय कर्माचार्यकी छोरीसमेत रहेकी प्रतिष्ठानका कोषाध्यक्ष सुसन कर्माचार्य, कर्माचार्यकी जिवनसंगिनी, छोरा, छोरी तथा आफन्त र शुभचिन्ततकले कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .