ad ad

राजनीति


गठबन्धनले जनतामा निराशा फैलाउने काम गरेको छ : ओली

गठबन्धनले जनतामा निराशा फैलाउने काम गरेको छ : ओली

नेपालखबर
पुस १, २०८० आइतबार १७:५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताएका छन्।

आइतवार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संकल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउनुपर्नेमामा जोड दिएको बताए।

उनले जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको आरोप लगाए। उनले अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गरे।
ओलीले देशको राजनीतिलाई सही बाटो र निकास निकाल्नुपर्ने अवस्था रहेको बताए।

उनले भने, ‘राजनीतिक हिसावले यो यात्रा आजको देशको बिग्रँदो अवस्था जो छ, जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको छ, त्यसबाट जनतालाई मुक्त गर्न र आशावादी बनाउन र यो अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको छ। अरु पार्टीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा चल्नु हुँदैन, देशको राजनीतिले सही बाटो र निकास निकाल्नुपर्छ।’  

नेकपा (एमाले) ले झुलाघाटबाट शुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो। मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .