ad ad

राजनीति


राजेन्द्र लिङदेन भन्छन् : राजसंस्था र हिन्दु राष्ट्रको माग असंवैधानिक होइन भन्ने स्थापित गरायौँ

राजेन्द्र लिङदेन भन्छन् : राजसंस्था र हिन्दु राष्ट्रको माग असंवैधानिक होइन भन्ने स्थापित गरायौँ

नेपालखबर
पुस १, २०८० आइतबार १३:४३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको दाबी गरेका छन्।

आइतवारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताए।

उनले भने, ‘नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापनाको कुरा गर्नु, संघीयताको खारेजीको कुरा गर्नु र त्यो उद्देश्य राखेर पार्टी स्थापना गर्नु र त्यो उद्देश्य अनुरुपको विधान निर्माण गर्नु अब असंवैधानिक होइन भन्ने कुरा स्थापित गर्न हामी सफल भएका छौं।’

अध्यक्ष लिङदेनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि बताए। उनले आफ्नो पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रुपमा स्थापित गराउने काम समेत भएको बताए।

अध्यक्ष लिङदेनले भने, ‘राजसंस्था, हिन्दु राष्ट्र र संघीयता सम्बन्धी हाम्रो अवधारणामा निर्वाचन आयोगमा हामीले विधि पुर्याउनका लागि हामीले बाहिर प्रचारमा ल्याएको विषयलाई परिवर्तन गरेर पेश गर्नुपर्ने अथवा निर्वाचन आयोग आफैले हटाई दिने जस्ता जो समस्याहरु थियो। तर अहिले महाधिवेशनपछि त्यही प्रकारको प्रयास निर्वाचन आयोगले गर्यो। तर हामीले दृढतापूर्वक त्यसको प्रतिवाद गर्यौं। र, आजको दिनमा निर्वाचन आयोगसँग लामो समयदेखि रहेको हाम्रो समस्याको समाधान भएको छ।’

अध्यक्ष लिङदेनले विगतमा निर्वाचनमा अपेक्षा अनुसार परिणाम हात नपारेपनि आफ्नो पार्टीले अग्रमगनको बाटो तय गर्दै अघि बढेको दोहोर्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .