ad ad

राजनीति


जसपाको आरोप : शान्तिपूर्ण आन्दोलन प्रहरीले दमन गर्‍यो

जसपाको आरोप : शान्तिपूर्ण आन्दोलन प्रहरीले दमन गर्‍यो

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०८० बिहिबार १३:१९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार भोजपुर, ओखलढुङ्गा, झापा र उदयपुरमा पहिचान पक्षधरमाथि प्रहरी दमन भएको भन्दै आपत्ति जनाएको छ।

नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राको विरोधमा उत्रिएका कार्यकर्ताहरूलाई धरपकड गरिएको भन्दै जसपाले निन्दा गरेको हो।

जसपाले पहिचान एवम् अधिकार प्राप्तिको लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग, कुटपिट, धरपकड र दुर्ब्यवहारको निन्दा गरेको हो।

आफ्नो अधिकारको माग गर्ने जनताको लोकतान्त्रिक हकप्रति बन्देज लगाउनेमाथि कारबाही गर्न जसपाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। 

जसपाले गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ गर्न माग गरेको छ। प्रहरीले एमालेको यात्रामा अवरोध गर्न उत्रिएका १५ बढी नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .