नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको भेला अहिले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको छ।
नेताहरू डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, मन्त्री सुरेन्द्र आचार्य, सांसद सुनिल शर्मा र नेता जगदीशचन्द्र केसीलगायत कांग्रेस नेता बैठकस्थल पुगिसकेका छन्। यसैगरी नेताहरू डा. चन्द्र भण्डारी र अर्जुनरसिंह केसी पनि बैठकमा पुगेका छन्।
बैठकमा महामन्त्री गगनकुमार थापा भने पुग्न बाँकी छ। गगनलाई बैठकमा सहभागी गराउन नेता कोइरालाले मंगलबार तीन घण्टा लामो वार्ता गरेका थिए।
पुस दोस्रो साताका लागि तय कांग्रेस महासमिति बैठक र समसामयिक राजनीतिबारे छलफल गर्न शेखर पक्षीय नेताहरु बत्तीसपुतलीमा भेला भएका हुन्।
336
Shares
प्रतिक्रिया