ad ad

राजनीति


एनसेल प्रकरणमा समिति बनाएर अध्ययन गर्ने कुरा नाटक मात्रै : सभापति लामिछाने (भिडिओ)

एनसेल प्रकरणमा समिति बनाएर अध्ययन गर्ने कुरा नाटक मात्रै : सभापति लामिछाने (भिडिओ)

नेपालखबर
मंसिर २०, २०८० बुधबार २१:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक भएको आरोप लगाएका छन्।

बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए। 

उनले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुने आशंका व्यक्त गरे। उनले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताउँदै उनले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए। 

‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ। त्यहाँ कयौँ कुरा हुनसक्छ। त्यो एउटा छानबिनको विषय हो। तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन? होइन भने किन बबाल गरेको? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन? पाएको छैन भने त्यो गैरकानूनी हो की होइन। गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो? यो बेकारको नाटक हो,’ उनले भने।

उनले कर छली लगायतका विभिन्न गैरकानूनी काममा वृहत अनुसन्धान गर्नुपर्ने पनि बताए। उनले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुभएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताए।

‘कर छली गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति? वृहत् छानबिन शुरुवातदेखि आजसम्मको छानविन गरौँ। तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने। अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ। अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन। सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन’, सभापति लामिछानेले नभे।

रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ। रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरूलाई आज शपथग्रहणसमेत गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .