ad ad

राजनीति


थबाङबाट विप्लवको उद्घोष : राजतन्त्रका षड्यन्त्रकारी सल्बलाए अर्को जनयुद्ध हुन्छ

‘प्रचण्ड लगायतका नेताले चुनवाङ बैठकको मर्म बुझेनन्’
थबाङबाट विप्लवको उद्घोष : राजतन्त्रका षड्यन्त्रकारी सल्बलाए अर्को जनयुद्ध हुन्छ

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १९:४६, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन्। 

शुक्रबार रोल्पाको थबाङमा आयोजित १०औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरूले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने उद्घोष गरेका हुन्।

महासचिव विप्लवले चुनवाङ बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत आरोप लगाए। 

‘चुनवाङ बैठकपछि काठमाडौँ उत्रेका हौँ। तर परिस्थिति उल्टो बन्यो। कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो,’ उनले भने।

विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको बताए।

जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौँमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको उनको तर्क थियो।

इमानदार माओवादीले जनता, सहिद र घाइतेलाई बिर्सन नहुने उनले बताए। ‘हामी ज्युँदै छौँ भन्न रोल्पा आएका हौँ,’ उनले भने।

कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्।

‘पछिल्लो समय देशमा केही लुटेराहरू सल्बलाएका छन्। यो एकैछिनको नाटक हो। यो षड्यन्त्रको जमेर प्रतिवाद गरिन्छ,’ उनले भने। 

उनले चेतावनी दिँदै अघि भने, ‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्युँदै छ, षड्यन्त्रको सपना नदेखे हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .