ad ad

राजनीति


‘आर्थिक संकट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास नहुनुस्’

‘आर्थिक संकट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास नहुनुस्’

नेपालखबर
मंसिर ६, २०८० बुधबार २२:०, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको आर्थिक सङ्कट नेपालको मात्र नभई विश्वव्यापी भएकाले उद्योगी एवं व्यवसायीलाई निरास नहुन आग्रह गरेका छन्।

चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुक बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए।
 
‘सबैले देश आर्थिक सङ्कटमा छ भनेर भनिरहँदा लगानी गर्ने मानिसमा नैराश्यता उत्पन्न भएको मैले महसुुस गरेको छु’, उनले भने, ‘यो समस्या नेपालमा मात्र हैन, संसारभर आएको हो, अन्य मुलुकका उद्योगी व्यवसायी एवम् अन्य डटेर सामना गरिरहँदा हामी निरासाका कुरा मात्र गरिरहेका हुन्छौँ।’

नेपाल अहिले अधोगतिमा नभई उभोगतिमा रहेको बताउँदै मन्त्री रिजालले केही विश्वसनीय आधार रहेका कारण ढुक्क भएर लगानी गर्न आग्रह गरे। ‘तपाईहरुको संरक्षकत्व, अभिभावकत्व नेपाल सरकारले लिनेछ, भविष्यमा आउने समस्याको सामना गर्न नेपाल सरकार तपाईहरुको साथमा रहनेछ’, उनले भने, ‘ब्याज समस्याका विषयमा सरकारले पहल गरिरहेको छ, निरास भइहाल्नुपर्ने अवस्था छैन।’

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले मेलाको उद्देश्य औद्योगिक वस्तुको खरिद बिक्री मात्र नभई संस्कारको पुस्तान्तरणसमेत रहेको बताए। यसै सन्दर्भमा  मन्त्रालयले ‘नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकासको अवधारणा’ अघि बढाएको उनले बताए। 

यसको लागि चालु आर्थिक वर्षमै कार्यक्रम र कार्यान्वयनमा लागेको मन्त्री साहको भनाइ छ।
 
स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने उद्देश्यसहित भैरहवामा आयोजित मेला मङ्सिरको १८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्तीलगायतका खेल प्रतियोगिता सञ्चालन गरिँदै छ। महोत्सवमा तीन सय ५० स्टल रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .