ad ad

राजनीति


राष्ट्रिय मानव अधिकार आयोग घटुवा नहुने

राष्ट्रिय मानव अधिकार आयोग घटुवा नहुने

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १९:२९, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी नघट्ने भएको छ।

राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट इन्स्टिच्युसन (गानरी) को उपसमिति एससीएले आयोगलाई बुधबार पत्र पठाएर अहिले ‘क’ श्रेणीमै राख्ने जानकारी गराएको हो।

यस उपसमितले आयोगलाई 'ख' श्रेणीमा घटुवा गर्न गत वर्षअघि सिफारिस गरेको थियो। पदाधिकारी नियुक्तिको विवादलाई लिएर गानरीले यसअघि नेपालको आयोगलाई निगरानी सूचीमा राखेको थियो। 

तर, यसबीचमा आयोगको काम सन्तोषजनक रहेको र कानुन निर्माण प्रक्रिया पनि अघि बढेको जनाउँदै ‘क’ श्रेणीमै राख्ने निर्णय गरेको उपसमितिले जनाएको छ। 

गानरीमा १२० देश सदस्य छन्। त्यसमध्ये ८८ वटा देश 'क' र ३२ वटा 'ख' श्रेणीमा छन्।
 

गानरीले आयोगको गठन प्रक्रिया, कानुन, प्रभावकारिता र स्वायत्तताको अवस्था हेरी श्रेणी निर्धारण गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .